काठमाडौं – सलमान खानको नयाँ फिल्म भारतले सात दिनमा संसारभरिबाट २५० करोड भारु कमाएको छ ।
मंगलवार समेत फिल्मले राम्रो कमाइ गर्दै लगभग ८ करोड रुपैयाँ हात पार्यो ।
भारत र पाकिस्तानबीच विश्वकप क्रिकेटमा असार १ गते हुने खेलले भारतको कमाइमा असर पार्न सक्छ ।
तर सलमान खान अनि निर्देशक अली अब्बास जफरको जोडीले बक्स अफिसमा शानदार प्रदर्शन गर्ने आफ्नो पुरानो शैलीलाई निरन्तरता दिएका छन् । यसअघि उनीहरूको सुल्तान र टाइगर जिन्दा है सुपरडुपर हिट भएका थिए ।
भारत फिल्मले पनि राम्रो समीक्षा पाएकाले फिल्मको व्यापार बढ्ने नै देखिन्छ ।
भारतमा एक व्यक्तिको मात्र नभई देशकै कथा पनि भनिएको छ । देशको बदलिँदो स्वरूप र यसको आत्माको कुरा पनि गरिएको छ फिल्ममा ।
सलमानले कट्रिना कैफ र दिशा पाटनीसँग बनाएको जोडीलाई मानिसले खुबै मन पराएका छन् ।
एजेन्सी