०३ असार २०८३, बुधबार

महाभारतको युद्ध १८ दिन चल्यो तर कर्ण किन लडे आठ दिन मात्रै

जेठ ३०, २०७६
महाभारतको युद्ध १८ दिन चल्यो तर कर्ण किन लडे आठ दिन मात्रै

काठमाडौं — महाभारतका प्रमुख पात्रमध्ये एक कर्ण हुन् । दुर्योधनले कर्णमै भर परेर पाण्डवसँग युद्ध गर्ने निर्णय लिएका थिए । अर्जुनसँग भिड्नसक्ने योद्धा कर्ण मात्र भएको दुर्योधनको विश्वास थियो । 

तर कौरव र पाण्डवबीच युद्ध शुरू भएको १० दिनपछि कर्ण युद्धमा संलग्न भए । 

अज्ञातवास सकिएपछि पाण्डवहरू वास्तविक स्वरूपमा आए । विराटनगरमा नै पाण्डवहरूको हित चाहने सबैजना भेला भए । पाण्डवहरूले आफ्नो राज्य फेरि पाउनुपर्छ भन्नेमा सबैको सहमति रह्यो । त्यसका लागि राजा द्रुपदले
आफ्ना एक पुरोहितलाई दूत बनाएर राजा धृतराष्ट्रसमक्ष पठाए । 

पुरोहितले धृतराष्ट्रलाई सबै कुरा बताए अनि थपे, ‘पाण्डवहरूले वनवास र अज्ञातवास पूरा गरिसकेका छन् । त्यसैले उनीहरूलाई राज्य फर्काइनुपर्छ ।’ 

त्यसपछि धृतराष्ट्रले सञ्जयलाई दूत बनाएर पठाए । सञ्जयले युधिष्ठिरलाई भने, ‘महाराज धृतराष्ट्र युद्ध चाहनुहुन्न ।’ 

युधिष्ठिरले भने, ‘हामी पनि शान्ति नै चाहन्छौं तर इन्द्रप्रस्थ मेरो राज्य भएमा मात्र शान्ति सम्भव छ ।’

श्रीकृष्णले कौरवहरू पाण्डवलाई पाँच गाउँ मात्र दिन तयार भएमा पनि युद्ध नहुने बताउनुभयो । त्यसपछि सञ्जय पाण्डवहरूको सन्देश लिएर हस्तिनापुर आए । सञ्जयले सभामा पाण्डवको सन्देश सुनाउँदा भीष्म, द्रोण र कृपले समर्थन
गरे तर कर्ण र दुर्योधनले असहमति जनाए । 

धृतराष्ट्रले दुर्योधनलाई सम्झाइबुझाइ गर्दा कर्णले सभामा ठूलाठूला कुरा गर्न थाले । कर्णको कुरा सुनेर भीष्म पितामहले उनलाई हकारे । भीष्मको कुरा सुनेर कर्णलाई क्रोध आयो । उनले भने, ‘म युद्धमा जान्नँ । तपाईंको अन्त्य भएपछि
म पाण्डवहरूको नाश गरिदिन्छु ।’ अनि कर्ण सभाबाट बाहिरिए । 

त्यसैले गर्दा भीष्म कौरवहरूको सेनापति रहुन्जेल कर्णले कौरवका तर्फबाट युद्ध गरेनन् । भीष्म घाइते भएपछि मात्र कर्ण युद्धभूमिमा आए ।

salt training

कमेन्ट गर्नुहोस्