
एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली फोर्ब्स-२०१९ को सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा सामेल हुने एकमात्र क्रिकेटर बनेका छन् ।
फोर्ब्सले मंगलवार जारी गरेो सूचीमा कोहलीको एक वर्षको कमाइ २.५ करोड डलर बताइएको छ ।
भारतीय कप्तान कोहलीले विज्ञापनबाट कुल २.१ करोड डलर कमाउँछन्, जबकी उनले खेलबाट कमाएको रकम ४० लाख डलर छ ।
संसारकै धनी सय खेलाडीको सूचीमा कोहली अन्तिम स्थानमा छन् । गत वर्ष उनी ८३ औं स्थानमा थिए ।
स्पेनिस क्लब एफसी बार्सिलोनाबाट फूटबल खेल्ने अर्जेन्टिनी स्टार लियोनल मेसी यस सूचीको शीर्षस्थानमा छन् ।
मेसीको पछिल्लो वर्षको कुल कमाइ १२.७ करोड डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाइ १०.९ करोड डलर छ ।