३२ असार २०८३, बिहीबार

असार १ गते प्रदेशको बजेट आउँदै

असार १ गते प्रदेशको बजेट आउँदै

हेटौडा – प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट असार १ गते प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलको निजी सचिवालयले बजेट प्रस्तुत हुनेबारे जनाएको हो । 

सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौंडा कुलेखानी जोड्ने सुरुङ मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुंगेलले बताए ।

प्रदेश ३ प्रदेशसभा सचिवालयले प्रदेश सभाको चौथो अधिवेशन जेठ ३१ गते अपराह्न २ बजे बस्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्