२० असार २०८३, शनिबार

बलात्कारको अभियोगमा एक जना पक्राउ

बलात्कारको अभियोगमा एक जना पक्राउ

कपिलवस्त– कपिलवस्तुमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

२३ वर्षका महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–८ बिस्नपुर बस्ने २२ वर्षका डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्