काठमाडौं -नवगठित समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेको थियो ।
बिहीवार दिउँसो पार्टीका दुवै अध्यक्षउपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई सहितको टोली दल दर्ताका लागि निर्वाचन आयोग पुगेको थियो ।
निर्वाचन आयोगले दल दर्ता गरे पनि चुनाव चिन्हको बारेमा भने कुनै निर्णय भएको छैन ।