०३ साउन २०८३, आइतबार

विभागको अपरिपक्व निर्णय, यातायात भाडा बढाउने निर्णय फिर्ता

विभागको अपरिपक्व निर्णय, यातायात भाडा बढाउने निर्णय फिर्ता

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक सार्वजनिक यातायातको भाडावृद्धि गर्ने निर्णय फिर्ता लिएको छ ।

 विभागले बिहीबार दिउँसो सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । 

तर, यससम्बन्धमा थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुश भएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि भाडा वृद्धि कार्यान्वयन नहुने विभागले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
विभागका प्रवक्ता तीर्थराज खनालले जारी गरेको विज्ञप्तिमा असार १ देखि लागू हुने भनिएको नयाँ भाडादर लागू नहुने उल्लेख गरिएको छ । 

 काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यात्रुबाहक बस सञ्चालन गर्नेबारे र रिङरोड भित्र तथा भक्तपुर र कीर्तिपुर क्षेत्रमा मालबाहक ढुवानीका साधनलाई सञ्चालनमा रोक लगाउने सम्बन्धी सूचना पनि तत्काल कार्यान्वयन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

भाडा बढाएको भन्दै विद्यार्थी संगठन र सामाजिक सञ्चालमा तीब्र आलोचना सुरु भएपछि चलाखीपूर्ण तबरले निर्णय फिर्ता लिएको बुझिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्