३० जेठ २०८३, शनिबार

धादिङान भोज खाँदा ३० बिरामी, घटनाको अनुसन्धान सुरु

धादिङान भोज खाँदा ३० बिरामी, घटनाको अनुसन्धान सुरु

धादिङ–नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् । बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए । 
    
भोज खाएपछि अचानक गएरातिदेखि बिरामी पर्न थालेपछि १९ जनाको अवस्था जटिल भएकाले आज अबेर मात्र जिल्ला अस्पताल लगिएको थियो । बिरामीमा दिसा पातलो हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । बिरामीमध्ये भारमाले र सुकौरा गाउँका मात्र २० जना रहेको उपचारमा संलग्न सुजन घलेले बताए । 
घटना कसरी भयो भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्