२३ जेठ २०८३, शनिबार

जेट एयर बन्द हुँदा पनि निगमले भारतमा उडान थपेन

जेठ ३१, २०७६
जेट एयर बन्द हुँदा पनि निगमले भारतमा उडान थपेन

भारतीय सेवाप्रदायक जेट एयरवेज ग्राउन्डेड भएपछि उसले गत ३० चैतदेखि दिल्ली–काठमाडौं र मुम्बई–काठमाडौं उडान रोकेको छ । 

जेटले हरेक दिन दिल्लीबाट तीन र मुम्बईबाट दुई उडान गरिरहेको थियो । जेट एयरवेज रोकिएसँगै नेपाल वायुसेवा निगमले यी दुवै रुटमा उडान थप्ने अवसर पाएको थियो । 

यसबीचमा दिल्ली–काठमाडौंको एकतर्फी भाडा महँगिएर ६० हजार रुपैयाँसम्म पुगेको थियो । तर, निगमले काठमाडौं–दिल्ली रुटमा उडान थपेन बरु जहाज पार्किङ गरेर राख्यो । 

त्यसअघि न्यारोबडी जहाजले दैनिक दुईवटा उडान गर्दै आएकोमा एउटालाई वाइडबडीले विस्थापन गर्नेबाहेक थप केही भएन । जेटले काठमाडौं–मुम्बई दैनिक दुईवटा उडान गर्दा पनि निगमले सातामा तीन उडान गर्ने गरेको थियो । जेट ग्राउन्डेड भएपछि पनि यस रुटमा निगमले कुनै उडान थपेन । निगमका प्रवक्ता नवराज कोइरालाले भारतीय रुटमा यात्रुको चापलाई ख्याल गरेर उडान व्यवस्था गरेको र थप्न आवश्यक नदेखिएको दाबी गरे । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्