
काठमाडौं– नेकपा नेता तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेल (डीआर पौडेल) को निधन भएको छ ।
चितवनको माडीस्थित निवासमा उनको हृदघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी कम्युनिस्ट आन्दोलनका सरल, इमान्दार एवम् निष्ठावान र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्थे ।