
काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
शुक्रवार बिहान ११ बजे बस्ने भनिएको बैठक ढिलो गरी शुरू भएको थियो । बैठक शुरू भएपछि सभामुख कृष्णबहादुर महराले स्वर्गीय पौडेलको निधनमा शोक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मतिले पास गरेको थियो ।
पारिवारिक स्रोतका अनुसार चितवनको माडीस्थित आफ्नै निवासमा पौडेलको हृदघातका कारण निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक असार १ गते बस्नेछ ।