
काठमाडौं – प्रहरी हिरासतमा रहेका यूट्युबर प्रनेश गौतमलाई शुक्रवार अदालमा पेश गरिने भएको छ ।
यूट्युबमा चलचित्र ‘वीर विक्रम–२’को व्यंग्यात्मक समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेशलाई शुक्रवार अदालतमा उपस्थित गराइने महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले लोकान्तरलाई बताए ।
अपराध महाशाखाले मुद्दाको मिसिल परिसरलाई बुझाएको थियो । परिसरले सरकारी वकिल कार्यालयमार्फत शुक्रवार अदालतमा मुद्दा दायर गर्दैछ ।
चलचित्रका निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स) ले चलचित्र व्यवसायमा घाटा पुर्याउने गरी झूटा प्रचार गरेको आरोप लागाउँदै प्रनेशविरुद्ध उजुरी दिएका थिए ।
प्रहरीले साइबर अपराधको अभियोगमा उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।