२५ असार २०८३, बिहीबार

पप्पुले बनाउँदै गरेको तीनकुने पुलमा गम्भीर त्रुटि, काम रोक्न विकास समितिको निर्देशन

पप्पुले बनाउँदै गरेको तीनकुने पुलमा गम्भीर त्रुटि, काम रोक्न विकास समितिको निर्देशन

काठमाडौं –पप्पु कन्स्ट्रक्सनको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्र्यायाक देखिएको समितिको आजको बैठकमा जानकारी दिइयो ।

समितिको बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले पुलको स्थलगत अध्ययन गर्दा फाउण्डेशनमा क्र्याक देखिएकाले तत्काल पुलको नक्सालाई पुनरवलोकन गरी काम अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ । बैठकमा समितिका सदस्य गणेश पहाडीले छिटो पुलको निर्माण कार्य अगाडि बढाउन आग्रह गरे ।

अर्का सदस्य जीपछिरिङ शेर्पाले रातको समयमा पनि सरकारी प्राविधिक विकास निर्माणस्थलमा अनुगमनका लागि अनिवार्य रहनुपर्छ, भने ।

आजको बैठकमा समितिको आव २०७५/७६ को वार्षिक प्रतिवेदनको मस्यौदा पेश हुनाका साथै, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत गर्‍यो ।

समितिका सदस्य बीनाकुमारी श्रेष्ठको संयोजकत्वमा उपसमितिका गठन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्