
काठमाडौं – बलिउडका प्रख्यात कलाकारहरूले पाउने तलबको चर्चा बारम्बार हुने गरेको छ । यहाँ हामी पनि त्यही चर्चा गरौं ।
हृत्तिक रोशन
कोई मिल गया, कृष र धूम २ जस्ता फिल्मका कारण बलिउडमा राज गरिरहेका हृत्तिक रोशनले यशराज फिल्म्सले बनाउने नयाँ फिल्मका लागि ४८ करोड भारु मागेको खबर छ । धेरैजसो अभिनेताहरू फिल्मको कमाइबाट हुने नाफाको प्रतिशत माग्छन् तर हृत्तिक चाहिँ तलब बढाउनमा जोड दिन्छन् ।
करीना कपूर
करीनाले सन् २०१८ मा आएको फिल्म वीरे दी वेडिङका लागि ७ करोड भारु लिएकी थिइन् । करण जोहरको नयाँ फिल्मका लागि उनले १० करोड भारु मागेको चर्चा छ ।
दीपिका पादुकोण
दीपिकाले गत वर्षको सुपरहिट फिल्म पद्मावतका लागि ११ करोड भारु लिएकी थिइन् । कबीर खानको नयाँ फिल्म ८३ मा उनी पति रणवीर सिंहसँग काम गरिरहेकी छन् । यसका लागि उनले फीस बढाएर १४ करोड भारु मागेको खबर छ ।
रणवीर सिंह
सन् २०१८ पछि लगातार तीनवटा सुपरहिट फिल्म पद्मावत, सिम्बा र गली बोय खेलेपछि रणवीर सिंहको करीयर उम्दा छ । उनले आगामी फिल्म ८३ को निर्माताका साथ फिल्मको नाफाको एक भाग लिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अबदेखि रणवीरले प्रत्येक फिल्ममा नाफाको एक अंशमा दाबी गर्ने भएका छन् ।
वरुण धवन
वरुणले पनि लगातार हिट फिल्म खेलिरहेका छन् । नयाँ फिल्म स्ट्रीट डान्सरका लागि उनले २१ करोड भारु मागेको खबर छ । आफ्नो पुस्ताका अभिनेताहरूमा सबभन्दा बढी पैसा कमाउने उनी नै हुन् ।
एजेन्सी