
काठमाडौँ - भारतको पश्चिम बङ्गालमा सत्तारूढ भारतीय जनता पार्टी(भाजपा)का एक कार्यकर्ताको गोली हानी हत्या भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार ४२ वर्षीय महिला कार्यकर्ता सरास्वती दासको हत्या भएको हो । बिहीवार राति अज्ञात समूहले उनको घरमा तोडफोड गर्दै गोली चलाएका थिए ।
भाजपाले तृणमूल कांग्रेस (टीएमसी)का कार्यकर्ताहरूले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ ।
लोकसभा चुनावपछि पश्चिम बङ्गालमा राजनीतिक हिँसा बढिरहेको छ । अहिलेसम्म पश्चिम बङ्गालमा १० भन्दा बढी कार्यकर्ताको हत्या भइसकेको छ ।
राजनीतिक हिँसा बढेपछि बिहीवार पश्चिम बङ्गालका राज्यपाल केशरीनाथ त्रिपाठीले राज्यका ४ प्रमुख दलको बैठक पनि बोलाएका थिए । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।
-एजेन्सीको सहयोगमा