
हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शंकर आधारभूत विद्यालयमा ४ वटा विषयको पठनपाठन ठप्प भएको छ ।
गएको चैत महिनादेखि शिक्षक उपस्थित नहुँदा ४ वटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।
खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शंकर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिए । छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरू भएको १ महिनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन नभएको जानकारी दिए ।
उता विद्यालयका प्रधानाध्यापक भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएपनि काजमा गएका कारणले र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको प्रधानाध्यापक वीर्खबहादुर छत्यालले बताए ।