२८ जेठ २०८३, बिहीबार

मानहुँडाँडा पुग्ने बाटो कालोपत्रे हुँदै

मानहुँडाँडा पुग्ने बाटो कालोपत्रे हुँदै
फाइल फोटो

तनहुँ- तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँडाँडा पुग्ने बाटो कालोपत्रे शुरू गरिएको छ । सरकारको सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम शुरू गरिएको हो ।

सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे छ किमि बाटो कालोपत्रेका लागि काठमाडौंस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । ६ महिना अघिदेखि निर्माण शुरू भएको नाला निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार बाटो सुधारको काम ८० प्रतिशत सकिएको छ ।

मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । अहिले पनि मानहुँडाँडामा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । आन्तरिक पर्यटकका साथसाथै विदेशी पर्यटकले समेत मानहुँडाँडाको भ्रमण गर्ने गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्