साउन ३०, २०७९
नेपाल सरकारबाट विगतमा भन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभाको आज सम्पन्न ३७औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको छ । सभाले रु ...
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री भोलि स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली भोलि बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्नुहुनेछ ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको थियो । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत जानुभएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।
यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गर्नुभएको थियो । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत हुनुहुन्छ ।
नेपाल सरकारबाट विगतमा भन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभाको आज सम्पन्न ३७औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको छ । सभाले रु ...
दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले ल...
सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार...
मंगलवार बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि सुरु हुने भएको छ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण...
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि शुरू हुँदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर ग...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...