२४ जेठ २०८३, आइतबार

स्वदेश फर्केपछि ओलीले भने– धर्म संस्कृतिमा कमजोरी भएको रहेछ भने गुठी विधेयक सच्याउँछौं

स्वदेश फर्केपछि ओलीले भने– धर्म संस्कृतिमा कमजोरी भएको रहेछ भने गुठी विधेयक सच्याउँछौं

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा आोलीले चौतर्फी विरोध भइरहेको गुठी विधेयक सच्चाउन सकिने संकेत गरेका छन् ।

साताव्यापी युरोप भ्रमण सकेर आइतवार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले धर्म संस्कृतिमा जानी-नजानी कमजोरी भएको भए सरकार विधेयक सच्चाउन तयार रहेको बताएका हुन् । 

सरकार नेपालको मौलिक कला सांस्कृतिको संरक्षणमा गम्भीर रहेको उनले बताए । ‘म आइसकेको छु, सबै कुरा हेरिने छ । रीतिरिवाज र धर्म संस्कृतिका कुरामा जानी-नजानी कमजोरी भएको रहेछ भने सच्याउन तयार हुनेछौं,’ ओलीले भने । 

राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकको विरोधमा काठमाडौं उपत्यकाका विभिन्न समुदाय र गुठीले आन्दोलन गरिरहेका छन् । ओलीले विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको पनि बताए । 

‘यो जनताको सरकार हो र उनीहरूकै इच्छा र चाहनाअनुसार काम हुन्छ,’ ओलीले भने, ‘जनतालाई हामी भगवान मान्छौं, कुनै पनि काम शतप्रतिशत हुँदैन, सुधार गर्नुपर्ने भए सरकार त्यसका लागि तयार छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्