
रियाद- साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् ।
एक पत्रिकालाई आइतवार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारे ।
'यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,' अन्तर्वार्ताका क्रममा उनले भनेका छन् ।
इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राखेको बताइएको छ ।
यमन संकटका बारेमा सोधिएको प्रश्नमा उनले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिए ।
युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखे ।
साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उनले 'पूर्ण न्याय र विश्वसनीयता' साउदी अरबले चाहेको उल्लेख गरे ।
'कपिपयले यसलाई राजनीतिक रूप दिन खोजेका छन्, त्यसलाई रोकौं, बरू प्रमाणहरू छन् भने अदालतमा पेस गरौं,' उनले भने ।
Photo : gulfnews