
काठमाडौं – थाइल्याण्डको झण्डै १ महिने पारिवारिक भ्रमण पूरा गरी पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।
शाहसँगै पत्नी कोमल शाह समेत सोमबार नै स्वदेश फर्किएकी छन् । पूर्वराजा दम्पती जेठ पहिलो हप्ता थाइल्याण्ड गएका थिए ।
थाइल्याण्डमा नातिनी पूर्णिका अध्ययनरत विद्यालयले आयोजना गरेको उच्च शिक्षा सम्बन्धी कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह त्यहाँ गएको जनाइएको छ । समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पूर्वराजा शाहको स्वागत गरेका छन् ।