
काठमाडौं – विवादास्पद गुठी विधेयकबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंका सांसदसँग सोधपुछ गरेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका नेता नेपालले प्रस्तावित गुठी विधेयकबारे छलफल गरेका हुन् ।
दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिको हलमा बसेको बैठकमा सांसदले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेका छन् ।
विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदले जोड दिएका छन् ।