
काठमाडौं- नेपालका लागि टीभीएस टु व्हीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि देशभर प्रत्येक घरमा टीभीएस बाइक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टीभीएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
नाटु र जगदम्बा मोटर्स परिवारको तर्फबाट संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा टीभीएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि ५१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने यसका अलावा नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट २ सय रुपैयाँ उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।
काठमाडौंमा आयोजित प्रशिक्षण शिविर कार्यक्रमको औचित्यको बारेमा दिपक कुमार अग्रवालले प्रकाश पारेका थिए । उनले भने, 'टीभीएस अहिले नाटुसँग निरन्तर सहकार्य गर्न चाहन्छ । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकार भएको हुँदा मेकानिक्सहरूलाई तालिम दिनु आवश्यक छ । हामीले दश हजारभन्दा बढी मेकानिक्सहरूलाई तालिम प्रदान गरिसकेका छौं । तालिम मात्र होइन हामीले देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य को साथ साथै टीभीएस को डिलरसम्म बन्न सकून् भन्ने उद्देश्य लिएको हो । हामीसँग यसको प्रत्यक्ष उदाहरण पनि रहेको छ । साथ छ हाम्रो, एक घर एक टीभीएस जस्ता महत्वपूर्ण श्लोगनलाई व्यवहारमा लागू गरिसकेका छौं । मोटर साइकल, स्कुटर र तिनपाङ्गे सवारी साधनमा अहिलेको समयमा चाहिने नयाँ विषेशताहरू समावेश गरेका छौं ।'
टीभीएसको 'टीभीएस साथ छ हाम्रो अभियान' एक सफल अभियान भएको कम्पनीको दाबी छ ।