०८ असार २०८३, सोमबार

दैलेखमा भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

दैलेखमा भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार
प्रतिकात्मक तस्वीर

दैलेख – ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा सोमवार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते भएका थिए ।

घाइतेमध्ये ठाटीकाँध गाउँपालिका–४ का जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्