२३ असार २०८३, मंगलबार

बझाङमा भएको जीप दुर्घटनाका सबै मृतकको सनाखत, घाइतेको उद्धारमा कठिनाइ

बझाङमा भएको जीप दुर्घटनाका सबै मृतकको सनाखत, घाइतेको उद्धारमा कठिनाइ

बझाङ – जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ ।

सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए ।

घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ ।

मौसम खराब रहेका कारण हेलिकप्टर उड्न नसकेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्