०१ असार २०८३, सोमबार

गर्मीका कारण कपिलवस्तुका विद्यालय बन्द

गर्मीका कारण कपिलवस्तुका विद्यालय बन्द
प्रतिकात्मक तस्वीर

कपिलवस्तु – गर्मी बढ्दै गएपछि कपिलवस्तुका निजी तथा सामुदायिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

कपिलवस्तु नगरपालिकाको निर्णयअनुसार कपिलवस्तु नगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालय सोमवारबाट शुक्रवारसम्मका लागि बन्द गरिएको हो । 

यसैगरी यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, बाणगंगा नगरपालिका लगायतका स्थानीय तहले समेत शुक्रवारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।

गर्मीका कारण सेवाग्राहीको सरकारी कार्यालय, सार्वजनिकस्थल, बजारलगायत ठाउँमा न्यून उपस्थिति रहने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्