२३ जेठ २०८३, शनिबार

सरकारी जग्गा सिध्याउनेगरी भ्रष्टाचार गर्नेहरु फन्दामा

असार ३, २०७६
सरकारी जग्गा सिध्याउनेगरी भ्रष्टाचार गर्नेहरु फन्दामा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा नै सिध्याउनेगरी भ्रष्टाचार गर्ने मालपोत अधिकृतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मालपोत कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख गोविन्दप्रसाद न्यौपानेलगायतका कर्मचारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

जुम्ला जिल्ला गुठीचौरस्थित गुठीचौर भेंडा बाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको करिब ९३ हजार वर्गमिटर क्षेत्रफल (५९० रोपनी) सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृतसहित कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मालपोत प्रमुख न्यौपानेलाई ४५ लाख रुपैयाँ बिगो दावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्