२४ जेठ २०८३, आइतबार

कैँची प्रहार गरी श्रीमतीको हत्या अभियोगमा एक पक्राउ

कैँची प्रहार गरी श्रीमतीको हत्या अभियोगमा एक पक्राउ

दिपायल- दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । 

सोमवार राति ९/१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँडी र ढाडमा  कैँची प्रहार गरेको बताइएको छ । अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्