
परासी- लक्ष्मी बैंकले आफ्नो १०७ औं र १०८ औं शाखा परासीको भूमही र जिमिरेभारमा सञ्चालनमा ल्याएको छ ।
यो शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १०८ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ । प्रदेश नं ५ मा बैंकको यो चौधौं शाखा हो ।
यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोन मार्फत सेवा प्रादन गरी शहरी तथा अन्य क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।