१३ असार २०८३, शनिबार

उत्तर प्रदेश सरकारले संस्कृतमा प्रेस रिलिज निकाल्ने

उत्तर प्रदेश सरकारले संस्कृतमा प्रेस रिलिज निकाल्ने

काठमाडौं – भारतको उत्तर प्रदेश सरकारले संस्कृत भाषामा प्रेस रिलिज सार्वजनिक गर्ने भएको छ । 

योगी आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तर प्रदेशमा हिन्दी र अंग्रेजी भाषा बाहेक संस्कृतमा पनि प्रेस रिलिज आउन लागेको हो । सोमवारदेखि संस्कृतमा समेत प्रेस रिलिज आउन थालेको छ । 

संस्कृत प्रेस रिलिज आउनुअघि एक कार्यक्रम आयोजना गरेर योगी आदित्यनाथले संस्कृत भाषा भारतको डीएनए भएको बताए । 

संस्कृत भारतीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘संस्कृत अहिले धार्मिक मन्त्र र रीतिरिवाजमा सीमित छ । विज्ञान पुग्न नसक्ने स्थानमा संस्कृत पुग्छ भनी हामीले बुझ्नुपर्छ । हामीले दैनिक जीवनमा संस्कृतको उपयोग नगरेको भएर यसलाई कमजोर बनाएका हौं ।’

योगी सरकारले बजेटमा संस्कृत शिक्षामा जोड दिएर बजेट समेत छुट्ट्याएको छ । सरकारले संस्कृत शिक्षालाई प्रोत्साहन गर्नका लागि ३१४.५१ करोड भारु छुट्ट्याएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्