१४ असार २०८३, आइतबार

भारतीयहरू ह्विस्कीमा मस्त, तत्कालै नशा चढ्ने भन्दै पिउनेको संख्या बढ्दो

भारतीयहरू ह्विस्कीमा मस्त, तत्कालै नशा चढ्ने भन्दै पिउनेको संख्या बढ्दो

काठमाडौं – भारतमा ह्विस्की पिउनेहरूको संख्या बढ्दै गएको छ । सन् २०१८ मा ह्विस्कीको बिक्री ११ प्रतिशतले बढेको थियो । यो पछिल्लो चार वर्षमा सबभन्दा बढी हो । 

सन् २०१८ मा संसारभरि बिकेका हरेक पाँच ह्विस्की केसमध्ये तीनवटा भारतमा बनेका ह्विस्की थिए । यसअघि हाईव्मा रक्सी बेच्न प्रतिबन्ध लगाइएका कारण ह्विस्कीको बिक्रीमा केही कमी आएको थियो । इन्टरनेसनल वाइन यान्ड

स्पिरिट रिसर्च सेन्टरको पछिल्लो आँकडाअनुसार, संसारभरि भारतीय ह्विस्कीको १७.६० करोड केस बिक्री भयो । 

तत्कालै नशा चढ्ने ह्विस्की जस्तो स्ट्रङ ड्रिंक भारतीइहरूले मन पराउने गरेका छन् । दक्षिण भारतीयहरू भने ब्रान्डी बढी मन पराउँछन् । अनि जिन र भोड्का पनि भारतीयहरूको प्रिय पेयपदार्थ हो । 

इकोनोमिक टाइम्सका अनुसार, संसारभरि सबभन्दा बढी बिक्ने ह्विस्की अफिसर्स च्वाइस हो । त्यसको ३.४ करोड केस सन् २०१८ मा बिकेको थियो । 

चीनको बायजू र रुसको भोड्का जस्तो आफ्नै राम्रो रक्सी भारतसँग छैन । भारतीय बजारमा युरोपेली रक्सीको उत्पादन चाहिँ हुने गरेको छ । 

भारतको सर्वोच्च अदालतले राजमार्ग किनारामा रक्सीको बिक्रीमा प्रतिबन्ध लगाएपछि सन् २०१७ मा बिक्री घटेको भए पनि अदालतले पछि फैसलाका सम्बन्धमा स्पष्टीकरण जारी गर्दै रक्सी बिक्रीको शर्त खुकुलो बनायो र रक्सीपसललाई फेरि खोल्न अनुमति दियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्