०६ असार २०८३, शनिबार

यात्रुबाहक जीप कर्णालीमा खस्यो, ८ यात्रु बेपत्ता भएको हुनसक्ने अनुमान

असार ३, २०७६
यात्रुबाहक जीप कर्णालीमा खस्यो, ८ यात्रु बेपत्ता भएको हुनसक्ने अनुमान

सुर्खेत – हुम्लामा अनुमानित ८ यात्रु बोकेको जीप कर्णाली नदीमा खसेको छ ।

जिल्लाको खार्पुनाथा गाउँपालिका–५ बाट याक्चु कुना जाँदै गरेको लु१ज ७१६६ नम्बरको महेन्द्रा पीकअप जीप बेणुबिसौना र कैलेबालु क्षेत्रमा कर्णाली नदीमा खसेको हो ।

जीपमा सवार खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ८ जना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

दुर्घटनापछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल र स्थानीयको प्रयासमा उद्धार गरिरहेको छ तर गाडी नदीमा खसेको केही समयपछि गाडी नै नदीले पूरै छोपेकाले उद्धारमा कठिनाइ भइरहेको घटनास्थलमा रहेका पत्रकार राजन रावतले बताए ।

जिल्ला प्रहरी कार्यलय हुम्लाबाट नेपाल प्रहरीको हेलिकप्टरमा २० जना प्रहरी सहित घटना स्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यलय हुम्ला प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले लोकान्तरलाई बताए ।
उनले भने–‘नेपाली सेना र नेपाल प्रहरीको टोली हेलिकप्टर सहित घटना स्थल तर्फ खटिइसकेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्