
काठमाडौं – सरोकारवालाको चौतर्फी विरोधपछि सरकारले राष्ट्रिय सभामा विचाराधीन गुठी विधेयक स्थगन गर्ने तयारी गरेको छ ।
जनआक्रोशलाई मत्थर गर्न विधेयक स्थगित गर्ने तयारी भएको नेकपा स्रोतले जानकारी दिएको छ ।
संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी गराउने तयारी गरेका थिए । कांग्रेसको विरोधका कारण संसदमा सम्बोधन गर्न नपाएपछि ओलीले ५ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।
त्यसअघि भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पत्रकार सम्मेलनमार्फत विधेयक फिर्ताको तयारी भएको स्रोतको दाबी छ ।
विधेयकको विरोधमा विभिन्न संघसंस्थाले बुधवार काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले गत जेठ १७ गते संसदमा विधेयक पेश गरेको थियो ।