०८ साउन २०८३, शुक्रबार

भाषा बिगारेकोमा ओलीको टिप्पणी : हाम्रा टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैनन् !

भाषा बिगारेकोमा ओलीको टिप्पणी : हाम्रा टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैनन् !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलको कार्यशैलीदेखि सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।

सिंहदबारमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी ओलीले प्रमुख प्रतिपक्षी दल, सामाजिक सञ्जाल प्रयोगकर्ता र बुद्धिजीवीमा मूल्य मान्यतामा ह्रास आएको टिप्पणी गरेका हुन् ।

‘सञ्चारजगतलाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको पिल्लर हो, त्यसकारण चौथो अंग भनिन्छ । आज हामी संक्रमणकालीन अवस्थामा छौं । मिडिया पनि संक्रमणकालमा छ । फेसबुकको सञ्चालकले फेसबूक पैदा गरेर गल्ती गरे यसै भनेको होइन,’ ओलीले भने, ‘हामीले मूल्य–मान्यता सभ्यता बिर्संदै गएका छौं । हाम्रा टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शव्द हराइसक्यो ।’

बाउ, आमा र हजुरआमालाई समेत तिमी भन्ने कुरा नेपाली भाषा, सभ्यताभित्र नपर्ने ओलीले टिप्पणी गरे । ‘सामाजिक सञ्जालको अवस्था के छ ? सामाजिक सञ्जाललाई बुइ थापेर स्थापित सञ्चारमाध्यमहरू पनि तिनलाई फलो गर्नतर्फ हो भने हामी कस्तो समाज सिर्जना गर्छाैं ?’ ओलीले भने, ‘मैले केही आफूलाई विद्वान भन्नेहरूले बोलेको सुनेको छु, बोलेको सुन्दा सभ्यताका सीमा हुन्छन्, संस्कृतिको रक्षा भन्ने शव्द बोलेको हुन्छ तर त्यहाँभित्र अमर्यादा, अभद्रता र सांस्कृतिक मूल्यको अभाव देखिएको हुन्छ । यो समाजमा म मात्र बाँच्नुपर्ने होइन, मैले मात्र भविष्यको परिणाम व्यहोर्नुपर्ने होइन । हामी सबै परिवारमा समाजमा बाँच्नुपर्छ ।’ 

पत्रकार सम्मेलनको अन्तिममा उनले भने, ‘मलाई लाग्छ मैले यहाँभन्दा धेरै बोल्यो भने तपाईंहरूलाई के क्यारी गर्ने भन्ने समस्या होला, आजलाई यत्ति भनेर टुंगाउँछु । तपाईंहरूको भलो होस् !’

salt training

कमेन्ट गर्नुहोस्