०७ असार २०८३, आइतबार

यसकारण दुई ठूला कम्युनिष्ट पार्टीबीच एकताः रावल

यसकारण दुई ठूला कम्युनिष्ट पार्टीबीच एकताः रावल

अछाम–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् । 

जिल्लाको कमलबजारमा आज आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताए । उनले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिए । 

नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट नेपाली काङ्ग्रेस डराएको टिप्पणी गर्दै उनले हालै अछामको जयगढमा आएका भारतीय प्रहरी र उनीहरुका गतिविधिको कडा शब्दमा आपत्ति जनाए । 
 कुनै पनि स्वतन्त्र देशमा अर्को देशको सेना, प्रहरी आएर कुनै पनि गतिविधि गर्न नपाउने भन्दै उहाँले त्यस्ता गतिविधिविरुद्ध हरेक देशभक्त अग्रसर हुनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्