
बनेपा – महाभारत गाउँपालिका–१ स्थित धापगाउँको भैरव माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पढाइ हुने भएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कक्षा ९ मा यसै शैक्षिक शत्रबाट भर्ना खुला गरिएको विद्यालयका प्रधानाध्यापक खुवनाथ दुलालले बताए ।
शिक्षा मन्त्रालयबाट स्वीकृति लिएपछि असार ६ देखि १५ गतेसम्मको लागि आवेदन खुल्ला गरिएको विद्यालयले जनाएको छ । ‘एक गाउँपालिका एक प्राविधिक विद्यालयको अवधारणा आएसँगै स्वीकृति लिएर भर्ना खुला गर्न सफल भएका छौं,’ विद्यालयका प्रधानाध्यापक दुलालले भने ।
भर्ना खुला गरिएसँगै वरपरका खानीखोला गाउँपालिका, छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र मरिनठाकुर तथा मकवानपुरको वाग्मती गाउँपालिकाबाट विद्यार्थी आउने क्रममा रहेको छ ।
यसै शैक्षिक शत्रका लागि ४८ जनाको कोटाका लागि भर्ना फारम वितरण भइरहेको छ ।