
काठमाडौं – धितोपत्र बजारमा मंगलवार शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले सुधार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अंकमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ ।
सामान्य अंकले बढेको बजारमा मंगलवार कारोबार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५ सय १९ कित्ता शेयर ३६ करोड ४७ लाख ७३ हजार ३ सय ३० रुपैयाँ बराबरको खरीद–बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये मंगलवार ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ १.३९, जलविद्युत् १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अङ्कले बढेको छ । व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार मंगलवार कारोबारका आधारमा एनसीसी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २ करोड ५३ लाख ८४ हजार ७ सय १६ रुपैयाँ बराबरको कारोबार भयो । प्रभू बैंकको २ करोड २८ लाख ८२ हजार ८ सय ४४, शिवम् सिमेन्ट १ करोड ९१ लाख ९२ हजार ३ सय ९, नेपाल बैंक लिमिटेड १ करोड ७९ लाख ४० हजार २ सय ४२, सिद्धार्थ बैंक १ करोड ३६ लाख ९५ हजार ३ सय ११, र मुक्तिनाथ विकास बैंकको १ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए ।
मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्युत् कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका शेयरधनीले ३.५ प्रतिशतले गुमाएका छन् । – रमेश लम्साल/रासस