
काठमाडौं – सामान्यतया कुनै ठूलो दुर्घटना हुँदा ट्रेन रोकिन्छ । तर जापानमा एउटा चिप्लेकीराका कारण लगभग एक दर्जन भन्दा बढी ट्रेन रोकिएका छन् ।
दक्षिण जापानमा रेल सेवा व्यवस्थापन गर्ने कम्पनी कयीशू रेलवे कम्पनीका अधिकारीहरूले बिजुली आपूर्ति बिग्रँदा २६ ट्रेन रोक्नुपरेको बताए ।
चिप्लेकीराका कारण शर्ट सर्किट भएको थियो । त्यसले गर्दा बिजुली काटियो ।
ट्रेन ढिलो हुँदा लगभग १२ हजार यात्री गन्तव्यमा ढिलो पुगे । चिप्लेकीराले रेलको लीग नजिक राखिएको विद्युतीय उपकरणमा हानि पुर्याएकोले यो समस्या आएको अधिकारीहरूले बताए ।
यसमा लापरवाह र कामचोर कर्मचारी पनि जिम्मेवार रहेको रेलवे कम्पनीको भनाइ छ । अरू कीरुाले ट्रेन सेवा अवरुद्ध नपारोस् भनी डिभाइसहरूलाई जाँच गरिएको कम्पनीका अधिकारीले बताए ।
एजेन्सी