
काठमाडौं–फेसबूकमार्फत् ४ लाख ५५ हजार ठगी गर्ने कल्पना बस्नेत पक्राउ परेकी छन् ।
संगीता बस्नेत नामको फेक आईडी बनाएर दोलखाका शैलुङ गाउँपालिका– ८ का ४२ वर्षका एक व्यक्तिलाई फसाई ४ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएपी सहकुल थापाले बताए ।
‘दोलखा शैलुङ गाउँपालिका– ५ की कल्पना बस्नेतले तिमीलाई यो केटीले धेरै माया गर्छे भन्दै आफैँ फेसबूकबाट ठगी गरेको खुल्न आएको छ,’ थापाले भने ।
पीडितले असार ८ गने अपराध अनुसन्धान महाशाखामा उजुरी दिएपछि कल्पनालाई काठमाडौं महानगरपालिका– १२ टेकुबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।