
काठमाडौं– दाङमा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका ३ मौरिघाटमा चट्याङ पर्दा १३ बर्षका साजन चौधरी, ११ बर्षका रमित चौधरी र ११ बर्षकै विनाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका एसपी बेलबहादुर पाण्डेले लोकान्तरलाई बताए ।
यस्तै चट्याङ लागेर ८ बर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको एसपी पाण्डेले बताए ।