काठमाडौं – संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की अध्यक्ष सोनिया गान्धीको अध्यक्षतामा बुधवार कांग्रेसका लोकसभा सांसदहरूको बैठक बसेको छ ।
बैठकमा कांग्रेस अध्यक्ष राहुल गान्धी पनि उपस्थित थिए । उक्त बैठकमा कांग्रेसका ५१ सांसदले राहुललाई राजीनामा फिर्ता लिनका लागि मनाउन सकेनन् । उनले सांसदहरूलाई अब कांग्रेस अध्यक्ष नबन्ने बताए ।
कांग्रेसले यसपालि जम्मा ५२ सीट जित्न सकेको छ । चुनावमा बेइज्जतीपूर्ण हार बेहोरेपछि राहुल गान्धी कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिने अड्डी लिएर बसेका छन् ।
कार्यसमिति बैठकमा उनले पद छोड्ने कुरा गर्दा कार्यसमितिले त्यसलाई ठाडै खारेज गरिदियो । तपाईंको विकल्पमा कुनै पनि नेता छैन भनी कांग्रेस नेताहरूले भने ।
पार्टी संकटमा परेको बेलामा तपाईंको मार्गदर्शन आवश्यक छ भनी सांसदहरूले अनुनय गरे पनि राहुल मानेनन् । आफ्नो ठाउँमा प्रियंकालाई पनि सिफारिश नगर्न उनले सांसदहरूलाई भने ।
एजेन्सी