२४ जेठ २०८३, आइतबार

ट्रम्पको आप्रवासी नीतिका कारण ज्यान गुमाए बाउछोरीले, विचलित पार्ने तस्वीर सार्वजनिक

ट्रम्पको आप्रवासी नीतिका कारण ज्यान गुमाए बाउछोरीले, विचलित पार्ने तस्वीर सार्वजनिक

काठमाडौं – माथिको तस्वीर दारुण छ । अमेरिका पस्न चाहने व्यक्तिहरूले सामना गर्नुपर्ने खतरालाई यसले उजागर गरेको छ । 

तस्वीरले सीमा क्षेत्रमा भइरहेको मानवीय क्षतिलाई पनि स्पष्ट पारेको छ । अमूर्त आँकडा र नीतिगत बहसले यो क्षतिको मूल्यांकन गर्न सक्दैनन् । 

एल साल्भादोरबाट आएका एक पिता र उनकी छोरी रियो ग्रान्देको पानीमा घोप्टो परेर लडेका छन् । यसले आप्रवासीहरू कस्तो समस्यामा परेका छन् भनी मुटु छुने गरी दर्शाउँछ । 

सीमामा मृत्युको संख्या बढ्न सक्ने भनी आप्रवासीको पैरवी गर्नेहरूले चेतावनी दिइरहेका थिए । शरण माग्दै आएकाहरूलाई अमेरिका पस्न नदिने नीति ट्रम्प प्रशासनले लिएपछि उनीहरू खतरनाक बाटो भएर अमेरिका पस्ने कोशिश गरिरहेका छन् । 

तस्वीरमा अस्कर आल्बेर्टो मार्टिनेज र उनकी छोरी एन्जी भालेरिया देखिएका छन् । उनीहरू रियो ग्रान्दे हुँदै अमेरिका पस्न खोज्दा आइतवार पानीमा बगेका थिए । 

उनीहरूको शरीर टेक्सासभन्दा अलि परको मातामोरोसमा फेला परेको थियो । छोरीको उमेर दुई वर्ष थियो । 

यो तस्वीर पत्रकार जुलिया ले दुकले खिचेकी हुन् । उनी मेक्सिकोमा बस्छिन् । 

तस्वीरमा सानी बच्ची आफ्नो पिताको शर्टभित्र पसेको देखिन्छ । उनको दाहिने हात पिताको घाँटीमा बेरिएको छ । उनीहरू किनारामा घोप्टो परेर पल्टिरहेका देखिन्छन् । किनारामा पिएर फालिएका बीयरका क्यानहरू र सोडाको खाली बोतल देखिन्छ ।

पिता र छोरीको मृत्युपछि एल साल्भादोरकी परराष्ट्रमन्त्री एलेक्जेन्ड्रा हिलले देशवासीहरूलाई देशमै बसेर काम गर्न आह्वान गरिन् । सरकारले आर्थिक समस्या समाधान गर्ने उनले बताइन् ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्