२७ जेठ २०८३, बुधबार

शेयर बजार : करीब ३ अंकले घट्यो

शेयर बजार : करीब ३ अंकले घट्यो

काठमाडौं – सोमवार र मंगलवार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार भने ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.७८ अंकले घटेर १ हजार २५८.२९ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अंकले घटेर २७०.८१ मा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सोमवार र मंगलवारको तुलनामा बुधवार वृद्धि भएको छ । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । 

कारोबार भएका १२ उपसमूहमध्ये बुधवार ४ उपसमूहको शेयर उकालो लागेको छ भने ८ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०.०२ बिन्दुले बढेको छ । 

बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बीमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बीमा ११.१८ अंकले घटेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा बुधवार हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ४२ लाख ७३ हजार ४ सय ३० रुपैयाँ, नेपाल बैंक लिमिटेड ४ करोड १९ लाख ७४ हजार ८ सय ६६ रुपैयाँ, प्रभू बैंक २ करोड ७१ लाख ५२ हजार ६ सय ७४ रुपैयाँ, आईएमई जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर २ करोड ४१ लाख ५ हजार ६ सय रुपैयाँ र प्रिमियर इन्स्योरेन्स कम्पनीको १ करोड ४४ लाख ४९ हजार ७ सय २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९५, आइएमइ जनरल इन्स्योरेन्स ६.९५, पाँचथर पावर कम्पनी ६.४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४.७५ र अरुण काबेली पावर कम्पनीका शेयरधनीले ४.४० प्रतिशतले कमाए ।

गुराँस लघुवित्त वित्तीय संस्था ६.३६, आशा लघुवित्त वित्तीय संस्था ४.१७, सिद्धार्थ इन्स्योरेन्स ३.१३ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६६ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्