२४ जेठ २०८३, आइतबार

भालुले खान ठिक्क परेको व्यक्ति बाँच्न सफल

भालुले खान ठिक्क परेको व्यक्ति बाँच्न सफल

काठमाडौं – जिउँदो लाश जस्ता देखिने एक रुसी व्यक्तिलाई एउटा भालुको गुफाबाट उद्धार गरिएको छ । भालुले उनको ढाड भाँचेर गुफाभित्र एक महिनादेखि राखेको थियो । 

ती व्यक्ति अलेक्जेन्डर हुन् । उनलाई रुसको दुर्गम तुभा क्षेत्रमा शिकारी कुकुरहरूले फेला पारेका हुन् । 

शुरूमा त शिकारीहरूले सुक्खा हावाका कारण शरीर मम्मी बनेको ठाने तर व्यक्ति जिउँदै रहेको छिट्टै थाहा पाए । 

अलेक्जेन्डरको अनुहार र शरीर सुकेको रगत र माटोले छोपिएको थियो । उनको छालाको रंग सेतो भएको थियो र उनले बल्लबल्ल आँखा खोल्न सकेका थिए । 

खैरो भालुले आफ्नो ढाड भाँचिदिएको र घिसार्दै गुफामा लगेको अलेक्जेन्डरले बताए । भालुले उनलाई गुफामा एक महिनासम्म राख्यो । पछि खानका लागि भालुले उनलाई राखेको थियो । एक महिना उनी आफ्नै पिसाब पिएर बाँचे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्