३२ असार २०८३, बिहीबार

सूचना टाँसेर स्थगित भयो सुदूरपश्चिम प्रदेश सभाको बैठक

सूचना टाँसेर स्थगित भयो सुदूरपश्चिम प्रदेश सभाको बैठक
फाइल फोटो

काठमाडौं –सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार १२ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि असार १ गते प्रस्तुत गरेको बजेट माथिको छलफल अघि बढ्न सकेको छैन ।

सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतापार्टीका सदस्यको अवरोध गरेपछि यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाइ स्थगन गरिएको थियो ।

असार ८ गतेका लागि तोकिएको बैठक पनि स्थगन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्