२८ जेठ २०८३, बिहीबार

अमेरिकी नागरिकलाई विमानस्थलभित्रै रोकियो, दलाई लामाको प्रतिनिधि भन्दै फर्काइयो

असार १२, २०७६
अमेरिकी नागरिकलाई विमानस्थलभित्रै रोकियो, दलाई लामाको प्रतिनिधि भन्दै फर्काइयो

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्किएको छ । 

भारतको नयाँ दिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा दलाई लामाका प्रतिनिधि रहेको र चीनको सूचीमा रहेको सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

स्राेतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए । 

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए । तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्