१२ असार २०८३, शुक्रबार

एसईई नतिजाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक शुरू

एसईई नतिजाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक शुरू

काठमाडौं – गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठकमा शुरू भएको छ ।

दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक साढे १ घण्टापछि शुरू भएको हो । शिक्षा मन्त्रालयका सचिव आएपछि बैठक  शुरू भएको जनाइएको छ ।

परीक्षा बोर्डले निर्णय गरेपछि एसईईको नतिजा प्रकाशन हुनेछ । गत वर्ष चैत १० गतेदेखि एसईई परीक्षा सञ्चालन भएको थियो ।

परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि अन्तिम तयारी पूरा गरेपछि बैठक शुरू भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्