०३ असार २०८३, बुधबार

रुसमा विमान दुर्घटना, २ पाइलटको मृत्यु (भिडियो)

रुसमा विमान दुर्घटना, २ पाइलटको मृत्यु (भिडियो)

काठमाडौं – रुसमा बिहीवार बिहान एक विमान दुर्घटना हुँदा दुवै पाइलट मारिएका छन् भने १९ यात्रुहरू घाइते भएका छन् ।

एन्टोनोभ–२४ का पाइलटहरूले विमानमा इन्जिन बन्द भएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो । साइबेरियाको बुर्याटियास्थित निझ्नीयनगार्स्कबाट उड्नेबित्तिकै विमान अवतरण गर्नुपरेको थियो । 

विमानमा सवार ४६ यात्रुहरू सुरक्षित रहे । उन्नाईसजनालाई तत्कालै अस्पतालमा उपचार थालिएको थियो । 

विमान उलान–उडेबाट निझ्नीयनगार्स्कतिर जान लाग्दा दुर्घटनामा परेको थियो । 

आपतकालीन सेवाका मानिसले दुई बालबालिका सहित ४३ जनालाई विमानको भग्नावशेषबाट उद्धार गर्न सफल भएका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्