२६ जेठ २०८३, मंगलबार

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ परीक्षाफल

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ परीक्षाफल

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।

गत वर्ष चैत १० गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा बोर्डको बैठकपछि बिहीवार प्रकाशित गरिएको हो । 

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बर सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।

एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्