३१ जेठ २०८३, आइतबार

एसईईको नतिजा : कुन ग्रेडमा कति उत्तीर्ण ? [सूचीसहित]

एसईईको नतिजा : कुन ग्रेडमा कति उत्तीर्ण ? [सूचीसहित]

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७५ को नतिजा बिहीवार प्रकाशित भएको छ ।

गत चैत १० गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बिहीवार अपराह्न प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीद्वारा वाचन गरी पत्रकारहरूलाई वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ३.६० जीपीएदेखि ४ जीपीएसम्म ल्याउने परीक्षार्थी १७ हजार ५८० छन् ।

५१ हजार १३७ परीक्षार्थीले ३.२० देखि ३.६० जीपीए तथा ६३ हजार ७४१ परीक्षार्थीले २.८० देखि ३.२० जीपीए ग्रेड अंक पाएका छन् ।

उच्च जीपीए ( ३.६०–४.०) ल्याउने परीक्षार्थी सामुदायिक विद्यालयतर्फ २ हजार ७९२ तथा निजी विद्यालयतर्फ १४ हजार ७८८ छन् ।

हेर्नुहोस्, पूरा नतिजा :

एसईईको नतिजा टेलिफोन, मोबाइलमार्फत एसएमएस र वेबसाइटबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सक्छन् ।

एसएमएससँगै नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/http://www.doe.gov.np/ लगायतबाट पनि हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्